
काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको छ। कारोबारमा आएका विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्सले बजार बढाएका हुन्। फाइनान्स समूह १.५६ प्रतिशतले बढेको छ।
वाणिज्य बैंक, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन र प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूह घटेका छन्।
१३४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। ९९ कम्पनीको सेयरमूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयरमूल्य घटेर सूचकमा नेगेटिभ सर्किट लागेको छ।
८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३९ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, सीइडीबी होल्डिङ्स ३७ करोड ६७ लाख र रिभर फल्स पावर कम्पनीको ३१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।