सेयर बजारको ‘ब्लुचिप’ बोटलर्स नेपालका दुवै कम्पनी घाटामा जाने गरी कहाँ चुके ?

सुनिल कुँवर
२०८१ माघ २९ गते १५:५६ | Feb 11, 2025
सेयर बजारको ‘ब्लुचिप’ बोटलर्स नेपालका दुवै कम्पनी  घाटामा जाने गरी कहाँ चुके ?

काठमाडौं। प्रतिफलका हिसाबले सेयर बजारमा आकर्षक मानिने बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालको व्यवसाय ओरालो लागेको छ।

Tata
GBIME
NLIC

व्यवसायमा निरन्तर गिरावटले कम्पनीको वित्तीय अवस्था बिग्रिएको छ। व्यापार घट्दा नाफा खुम्चिएको छ। यो वर्ष दोस्रो त्रैमासमा कम्पनी नोक्सानीमै गएको छ।

गत वर्ष दोस्रो त्रैमासभन्दा बोटलर्सका दुवै कम्पनीको व्यापार घटेको छ भने नोक्सानी बढेको छ। बोटलर्स नेपाल कोकाकोला उत्पादक कम्पनी हो। नेपालमा यसका उत्पादन तथा प्रशोधन क्षेत्र अन्तर्गत दुई कम्पनी नेप्सेमा सूचीकृत छन्।

बोटलर्स नेपाल बालाजुको व्यापार ४ अर्ब ५८ करोड रुपैयाँबाट ४.७७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ। बोटलर्स नेपाल तराईको आम्दानी ३ अर्ब ६८ करोड रुपैयाँबाट घटेर २ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ।

कोभिडपछि बजारमा कोल्ड ड्रिङ्सको घट्दो माग र बढ्दो लागतले कम्पनीको ‍‍ओरालो ग्राफ सुरु भएको हो। अर्थतन्त्रमा माग सिर्जना गर्ने युवाहरुले हो। अहिले युवाहरुमा विदेश जाने लहर बढ्दो छ। जसले गर्दा कोल्ड ड्रिंक्सको माग घटेको छ। बजारमा माग घटेपछि बोटलर्स नेपालको बिजनेस खुम्चिन पुगेको हो।

‘हाम्रा एकपछि अर्को रणनीति असफल भएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ महँगिंदा हामीले लगातार मूल्य बढायौं। तर बजारले रुचाएन। बजार सस्तो मूल्यका ड्रिंक्सतिर लाग्यो। त्यसैले व्यापार घटेर घाटाको अवस्था आएको हो,’ कम्पनीका एक कर्मचारीले भने।

बोटलर्स नेपाल बालाजुको खुद नाफा र आम्दानी

आर्थिक वर्षखुद नाफा (रु हजारमा)आम्दानी (रु हजारमा)
२०७२/७३४३३८३५६३९८२२९
२०७३/७४७०२८६०७६९६७८२
२०७४/७५१०४०३४४९०८३४५४
२०७५/७६७३९१७६९५०६७४०
२०७६/७७-६१८५४६८६५१६६
२०७७/७८६११४९२०९८३९१
२०७८/७९१९७३६९३३८०८७६
२०७९/८०४०५५१६३२९९२११
२०८०/८१११८७५७२४५५८५०
२०८१/८२ (दोस्रो त्रैमासम्म)-२४५०४२४३६४३५२
स्रोत : कम्पनीको वित्तीय विवरण

बजारमा अहिले सिंगापुर वेभरेज लगायत कम्पनीका धेरै ड्रिंक्स छन्। जिरु, क्लब सोडा, लन्डन ड्राइ, निम्बु पानी, अमृत तुल्य, फ्रयुट जेम लगायत उत्पादन सिंगापुर वेभरेजले बेच्दै आएको छ। यस्तै अरु कम्पनीका कोकाकोला जस्तै देखिने उत्पादन गाउँ गाउँ पुगेका छन्। यी कारण बोटलर्स नेपाललाई व्यवसायमा चुनौती खडा भएको हो।

‘अहिले बजारमा धेरै खालका ड्रिंक्स उपलब्ध छन्। त्यसमा पनि युवाहरु हेल्दी ड्रिंक्सतिर लागेका छन्। विदेशिनेको संख्या पनि बढिरहेको छ। यस्तो अवस्थामा व्यावसायमा गिरावट आउनु स्वाभाविकै हो,’ कम्पनीका एक उच्च अधिकारीले भने, ‘व्यवस्थापनले निरन्तर प्रयास गरेको छ। तर सफलता हात परिरहेको छैन। हामीले रिभाइभ गर्न निक्के गाह्रो हुने देखेका छौं।’

बोटलर्स नेपाल तराईको खुद नाफा र आम्दानी

आर्थिक वर्षखुद नाफा( रु हजारमा)आम्दानी (रु हजारमा)
२०७२/७३२७६७०८३५२५८०२
२०७३/७४४८२६२२४५७४००१
२०७४/७५७४१३२९५६५८४१५
२०७५/७६४५३५४२५५८१३८५
२०७६/७७५६२९४६९३३४९
२०७७/७८४२३७२३६१६४३९३
२०७८/७९६२५७४९९११४०६९
२०७९/८०६३८८३१९३२००३४
२०८०/८१३३९६८१८७७१२९७
२०८१/८२(दोस्रो त्रैमासम्म)-११८९४१२९६८६९५
स्रोत : कम्पनीको वित्तीय विवरण

दीर्घकालीन ऋणको दायित्वले कम्पनीको वित्तीय अवस्थामा थप हिट गरेको छ। ठूलो लगानीमा उसले प्लाष्टिक प्लान्ट बनाउन खर्च गरेकामा बिक्री घट्दा त्यसको दायित्व थपिन पुगेको छ।

अहिले व्यवसाय ओरालो लाग्दा कम्पनीको प्रतिफल घट्दै गएको छ। बोटलर्स नेपाल बालाजुले पछिल्ला वर्षहरुमा लाभांश वितरण गर्न सकेको छैन। बोटलर्स नेपाल बालाजुको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेकामा त्यसको २५ प्रतिशत पब्लिक सेयर हो।

यसको सेयर मूल्य अहिले प्रति कित्ता १७ हजार ६०४ रुपैयाँ छ। वित्तीय अवस्था खस्किंदै गएपछि कम्पनीको सेयर किनबेच हुनै छाडेको छ। मंगलबार जम्मा १० कित्ता किनबेच भएको छ।

‘अहिले कम्पनीको फण्डामेन्टल अवस्था नै सकिसकेको छ। सेयर बजारमा केहीले थोरै कित्ता किनबेच गरेपनि लगानीकर्ताले यो स्टकलाई लगानीको सूचीबाटै हटाइसकेका छन्,’ एक मर्चेन्ट बैंकरले भने।

आर्थिक वर्षबोटलर्स तराईको लाभांश (प्रतिशत)बोटलर्स नेपाल बालाजुको लाभांश (प्रतिशत)
२०६७/२०६८५५५५
२०६८/२०६९८५७०
२०७०/२०७१२२६०
२०७१/२०७२२५
२०७३/२०७४२५
२०७४/२०७५४०२०
२०७८/२०७९६०२०
२०७९/२०८०६०
२०८०/२०८१५०
स्रोत : कम्पनीको वित्तीय विवरण

बोटलर्स नेपाल तराईको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेकामा ३ लाख २५ हजार कित्ता साधारण सेयर छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता १८ हजार १०० रुपैयाँसम्म पुगेकामा अहिले १३ हजार २८० रुपैयाँ छ। कम्पनीको सेयर मंगलबार प्रति कित्ता २२० रुपैयाँले घटेको छ भने ४२० कित्ता भन्दा किनबेच भएन।