लगातार पाँच दिन गिरावटपछि बढ्यो नेप्से, विकास बैंकमा बहार, ७.२४ अर्बको सेयर किनबेच

बिजमाण्डू
२०८१ माघ २९ गते १५:१८ | Feb 11, 2025
लगातार पाँच दिन गिरावटपछि बढ्यो नेप्से, विकास बैंकमा बहार, ७.२४ अर्बको सेयर किनबेच

काठमाडौं। पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक छैटौं कारोबार दिनमा सामान्य बढेको छ। नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेको हो।

Tata
GBIME
NLIC

माघ २२ देखि ५ कारोबार दिनमा नेप्से ५२.६४ अंकले घटेको थियो। मंगलबार अन्तिम चार मिनेटमा नेप्से उकालो लागेको हो। विकास बैंक जलविद्युत लगानी म्युचुअल फण्ड र उत्पादनमूलक उपसमूहले नेप्से बढाएका हुन्।

विकास बैंकको सूचक सबैभन्दा धेरै २.३७ प्रतिशतले उकालो लागेको छ।

१३४ कम्पनीका लगानीकर्ताले कमाउँदा सिकलेस हाइड्रोपावर भगवती हाइड्रोपावर रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

९८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छन्। यो कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये सबैभन्दा धेरै ३६ करोड ८१ लाखको सेयर कारोबार सीइडीबी होल्डिङको हो।