
काठमाडौं। ठमेलको एलओडी शनिबारबाट ७औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सबका अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले विभिन्न प्रस्तुति दिने जनाएको छ।
क्लबका निर्देशक भूपेन कुँवरका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारमार्फत ६ दिन थप मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुनेछन्।
शनिवार साँझ क्लबमा पूर्ण राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएको दिएका थिए।
उनका अनुसार २८ गते कुमा सागर एण्ड द ख्वापले प्रस्तुति दिनेछन् भने फागुनको एक, दुई, आठ र नौ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने छन्।