
काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा आएको छ। कारोबारमा आएका फाइनान्स, हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।
सेयरमूल्य घट्दा १२२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दुई कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ। सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।
सेयरमूल्य बढेका ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, छ्याङदी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
बजार ओरालो लाग्दा पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा घटेको छैन। बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि मंगलबार ८ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
बुधबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ७६ लाख र हिमालयन पावर पार्टनर २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।