
काठमाडौं। सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्ध खाना’ अभियान सुरु गरेको छ। विश्व क्यान्सर दिवसको अवसर पारेर सिद्धार्थ हस्पिटालिटीले मंगलबार अभियान सुरु गरेको हो।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यान्सर रोग न्यूनीकरणका लागि अभियान सुरु गरेको बताए।
उनका अनुसार सिद्धार्थ ग्रुपले पोषणयुक्त खानाका साथै जानकारसँग वर्कसप र पोडकास्ट, कर्मचारीका लागि तालिम र सामाजिक सञ्जालमार्फत सचेतना अभियान सञ्चालन गर्नेछ।
‘सर्वसाधारणमा क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेका हौं। हाम्रा होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषणयुक्त खानासम्बन्धी जानकारी दिने कार्ड राखिनेछन्,’ उनले भने, ‘क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिनेछ।’
सिद्धार्थ ग्रुपअन्तर्गत दुई दर्जन होटल, रिसोर्ट, रेष्टुरेन्ट र कटेज सञ्चालनमा छन्। ती सबैमा स्वस्थ्यकर खानाका मेनु राखिने न्यौपानेले बताए।