
काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। सोमबार कारोबार खुलेदेखि उचारचढाव देखिएको बजार १४.०८ अंकले ओरालो लागेको हो।
नेप्से २७१५.९१ विन्दुमा आइपुगेको छ। आइतबार र सोमबार बजार बढ्दा नेप्से २७३० विन्दुमा पुगेको थियो। मंगलबार हाइड्रोपावर र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।
विकास बैंकको सूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ। त्यस्तै, फाइनान्सको सूचक १.७० र होटल तथा पर्यटनको सूचक १.७९ प्रतिशतले घटेको छ।
१६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। कर्पोरेट, ग्रीन, सिन्धु र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
७१ कम्पनीको मूल्य बढेको छ। जोशी हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएकामा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको २६ करोड ८४ लाख र हिमालयन उर्जा विकास कम्पनीको २५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्से घटेसँगै कारोबार रकम खुम्चिएको हो। बजार बढ्दा आइतबार १२ अर्ब ९५ करोड रुपैयाँ र सोमबार ११ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।