वाणिज्य बैंकले पाँच महिनामा कमाए ३०.५९ अर्ब नाफा, ८.३२ प्रतिशत वृद्धि हुँदा कुनको कति?

बिजमाण्डू
२०८१ पुष २९ गते १३:२९ | Jan 13, 2025
वाणिज्य बैंकले पाँच महिनामा कमाए ३०.५९ अर्ब नाफा, ८.३२ प्रतिशत वृद्धि हुँदा कुनको कति?

काठमाडौं। आर्थिक शिथिलताले व्यवसाय बढाउन नसकिरहेका बेला अधिकांश वाणिज्य बैंकले मुनाफा बढाएका छन्। चालु आर्थिक वर्ष पाँच महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा ८.३२ प्रतिशत बढाएका हुन्।

Tata
GBIME
NLIC

१९ वटा बैंकले पाँच महिनामा ३० अर्ब ५९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। १३ बैंकले नाफा बढाउँदा ६ वटाको भने खुम्चिएको छ। कृषि विकास बैंकको विवरण भने सार्वजनिक गरिएको छैन।

नेपाल एसबिआई बैंकको नाफा सबैभन्दा धेरै ९०.४८ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ३ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ।

आर्थिक गतिविधि सुस्त भएपनि असुलीमा केही सुधार हुँदा नाफा बढेको बैंकरहरूले बताएका छन्।

हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईसी एसिया र सानिमा बैंकको नाफा भने खुम्चिएको छ।

वाणिज्य बैंकहरुको मुनाफा रु दश लाखमा

वाणिज्य बैंक२०८१/८२ को
पहिलो पाँच महिनाको नाफा
२०८०/८१ को
पहिलो पाँच महिनाको नाफा
नाफा फरक
(प्रतिशतमा)
स्ट्यान्डर्ड चार्टर्ड१,३७४.५४१,२५६.०२९.४४
नेपाल एसबिआइ१,३४८.७२७०८.०६९०.४८
माछापुच्छ्रे८२७.४४७६२.७८.४९
एभरेष्ट१,९४०.२६१,४०३.२२३८.२७
हिमालयन१,३३७.१११,८०४.९२-२५.९२
लक्ष्मी सनराइज१,६४०.७०८९८.०४८२.७०
नेपाल इन्भेष्टमेन्ट मेगा२,४९१.०७२,६०९.०५-४.५२
प्राइम कमर्सियल१,९६८.९३१,९२८.९४२.०७
कुमारी१,९९३.२२१,३०१.५१५३.१५
राष्ट्रिय वाणिज्य ८६७.१९१,४१०.१९-३८.५१
सिटिजन्स६९४.९४७४३.५९-६.५४
सानिमा९०४.१२१,०७६.३८-१६.००
एनआईसी एसिया६३३.४१,८५०.११-६५.७६
नेपाल १,५१५.७८१,२१३.११२४.९५
सिद्धार्थ९७९.०४६२३.८१५६.९५
एनएमबि१,९०६.४४१,४५१.३४३१.३६
प्रभु१,८३८.४२१,४९४.५५२३.०१
ग्लोबल आइएमई२,८३४.४४२,७३७.९२३.५३
नबिल ३,४९७.४१२,९६९.३५१७.७८
औसत३०,५९३.१७२८,२४२.८१८.३२
स्रोतः नेपाल राष्ट्र बैंक