दुम्कीबासमा पुल भाँचिदा नारायणघाट-बुटवल सडक खण्ड अवरुद्ध, यात्रा नगर्न प्रहरीको आग्रह

बिजमाण्डू
२०८१ पुष २६ गते १९:२१ | Jan 10, 2025
दुम्कीबासमा पुल भाँचिदा नारायणघाट-बुटवल सडक खण्ड अवरुद्ध, यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासमा पुल भाँचिदा नारायणघाट-बुटवल सडक खण्ड अवरुद्ध भएको छ।

Tata
GBIME

विनयी त्रिवेणी गाउँपालिका १ दुम्कीवासस्थित विनयी खोलाको पक्की पुल भाँसिएपछि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो। पुल तत्काल मर्मत गरी संचालन गर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

कार्यालयका अनुसार अत्यधिक भारसहितको भारतीय मालबाहक लरी गुडिरहेको समयमा साँझ ५:३० बजे पुल भाँचिएको हो।

डाइभर्सनको कार्य पूरा नहुँदासम्म यो सडक हुँदै यात्रा नगर्न प्रहरीले सवारीचालक तथा यात्रुसँग आग्रह गरेको छ।