काठमाडौं। ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लब पुनः डिजे म्यागको उत्कृष्ट १०० को मनोनयनमा परेको छ। बेलायतस्थित डिजे म्यागले सन् २०२५ का लागि उत्कृष्ट क्लबको मनोनयनमा एलओडीलाई पनि समावेश गरेको हो।
एलओडी डिजे म्याग टप १०० को नोमिनेसनमा परिसकेकाले क्लब व्यवसायमा थप प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए।
व्यवसायमा मुलुकको पहिचान पनि जोडिने भएका कारण यो मनोनयनले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमा थप टेवा पुगेको उनले बताए। क्लब नोमिनेसनमा परेसँगै भोटिङ अभियान सुरु गरिसकेको उनले जानकारी दिए।
डिजे म्यागले विश्वभरका १०० उत्कृष्ट डिजे क्लबमध्ये भोटिङका आधारमा विशेष उपाधि दिँदै आएको छ। उनका अनुसार इच्छुकले डिजे म्यागको वेभ साइटमा गएर भोट गर्न सक्नेछन्।
एलओडीले सन् २०२२ को विश्वकै उत्कृष्ट क्लबको सूचीमा ५२औँ स्थान हासिल गरेको थियो भने सन् २०२३ मा ४९औँ स्थान र सन् २०२४ मा ५० औँ स्थान प्राप्त गरेको थियो।