व्यवसाय विस्तारमा ‘द क्लिफ’, विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ दुई साताभित्र संचालन गर्ने

बिजमाण्डू
२०८१ पुष २४ गते १६:५४ | Jan 8, 2025
व्यवसाय विस्तारमा ‘द क्लिफ’, विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ दुई साताभित्र संचालन गर्ने

काठमाडौं। विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधि गराउँदै आएको कुश्मास्थित ‘द क्लिफ’ विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा ल्याउने अन्तिम तयारीमा जुटेको छ।

Tata
GBIME

दुई साताभित्र मेगाट्रोल सञ्चालनमा ल्याउने तयारी रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए। उनका अनुसार यसको परीक्षण गरिसकिएको छ।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ। यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ।’

उनका अनुसार २५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ। यसमा एकैपटकमा तीन जनासम्मलाई सहभागी गराउन सकिन्छ। मेगाट्रोलको गति प्रति घण्टा १४० किलोमिटर हुने कार्कीले बताए।