टुँडिखेलमा बज्यो डम्फू, सर्प वर्षलाई स्वागत गर्दै मनाइयो तमु ल्होसार (तस्विरहरु)

प्रवीण रानाभाट
२०८१ पुष १५ गते १९:५२ | Dec 30, 2024
टुँडिखेलमा बज्यो डम्फू, सर्प वर्षलाई स्वागत गर्दै मनाइयो तमु ल्होसार (तस्विरहरु)

काठमाडौं । गुरुङ समुदायले सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन्। नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

Tata
GBIME

काठमाडौंको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ। महोत्सव मंगलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ।

गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी भएका छन्।