न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति, रिसोर्टमा २० प्रतिशत छुट

बिजमाण्डू
२०८१ पुष ११ गते १८:२७ | Dec 26, 2024
न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति, रिसोर्टमा २० प्रतिशत छुट


काठमाडौं। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्वतको कुश्मास्थित ‍द क्लिफमा प्रकाश सपुतले प्रत्यक्षरुपमा सांगीतिक प्रस्तुति दिने भएका छन्।

Tata
GBIME
NLIC

द क्लिफले मंगलबार राति गायक सपुतको लाइभ प्रस्तुति राखेको हो। लाइभ प्रस्तुतिमा रमाउन चाहनेहरुलाई रिसोर्टमा बस्न २० प्रतिशत छुटको व्यवस्था गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

उनले न्यु इयर इभमा आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन गराउन सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिक राखेको जानकारी दिए।

कार्यक्रममा सहभागी हुन चाहनेका लागि टिकटको मूल्य ३‌०० रुपैयाँ राखिएको छ।