स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेलाई दियो ११ बुँदे सुझाव, के के समेटियो ?

बिजमाण्डू
२०८१ पुष ५ गते १६:११ | Dec 20, 2024
स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेलाई दियो ११ बुँदे सुझाव, के के समेटियो ?


काठमाडौं। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्जलाई ११ बुँदे सुझाव दिएको छ। ब्रोकरहरुको नवनिर्वाचित कार्यसमितिले नेप्सेलाई विभिन्न सुझाव दिएको हो।

Tata
GBIME
NLIC

सेयर कारोबारमा ग्राहकले क्लोज आउटको समस्या भोगिरहेकाले टीएमएसमा लेजर राख्ने व्यवस्था गर्न ब्रोकरहरुले सुझाव दिएका छन्।

नेप्सेको हालको बेवसाइटमै सूचीकृत कम्पनीहरुको सम्पूर्ण त्रैमासिक, मासिक वित्तीय विवरण एक्सेल तथा पीडीएफमा डाउनलोड गर्न मिल्ने तथा कम्पनीका सञ्चालकहरुको विवरण, सूचीकृत कम्पनीको सबै कर्पोरेट एक्सनसम्बन्धी जानकारी सूचीकरण भएको दिनबाट हेर्न मिल्ने व्यवस्था गर्न पनि एसोसिएसनले सुझाव दिएको छ।

नेप्सेको बेवसाइटमा सूचीकृत कम्पनीहरुको सञ्चालकहरुको विवरण सिडिएसीको सेन्ट्रल केवाइसीमा देखिने व्यवस्था मिलाई ग्राहकहरुले खाता खोल्दा एकाघर विवरणमा यस्तो जानकारी आउने व्यवस्था मिलाउनु पर्ने र पोष्ट क्लोजिङ बजार सञ्चालनमा ल्याउनु पर्ने सुझाव छ।

ब्रोकर लिमिटलाई २५ गुणाबाट ५० गुणा बनाउनु पर्ने, कारोबारका क्रममा ब्रोकर लिमिट सकिएको अवस्थामा वेबसाइटमा ब्रोकर सदस्य निलम्बन भएको देखाउने व्यवस्था हटाउनु पर्ने, लिमिट थप्नका लागि ब्रोकरले नट्सबाट सबै कागजपत्र अपलोड गरेपछि पुनः भौतिक कागज तत्कालै उपलब्ध गराउनुपर्ने व्यवस्थालाई खारेज गर्नुपर्ने लगायत सुझाव ब्रोकरहरुको छ।

अक्सन बजार सञ्चालनका लागि आवश्यक प्रणालीको व्यवस्था गर्न, अफ मार्केट कारोबार सञ्चालनको व्यवस्था मिलाउन पनि ब्रोकरहरुले नेप्सेको ध्यानाकर्षण गराएका छन्।

ओटीसी कारोबारलाई अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउन, प्रमोटर सेयर कारोबारका लागि अनलाइन प्रणालीबाटै सबै कागजी कारबाही सञ्चालन गर्ने र कारोबार अनुमति दिने व्यवस्था गर्न पनि धयानाकर्षण गराइएको छ।

बजार सञ्चालकले बैंक तथा वित्तीय संस्थामा राखेको मुद्दती निक्षेप सरहको ब्याज लिने गरी कम्तिमा १० करोड राफसाफ ग्यारेन्टी कोषमा रकम राख्ने व्यवस्था गर्न पनि एसोसिएसनले सुझाव दिएको छ।