सेयर बजार २६०० विन्दुबाट ओर्लियो, नेप्से ३१.४३ अंकले घट्दा ४ अर्ब ७६ करोडको कारोबार

बिजमाण्डू
२०८१ पुष ४ गते १५:१९ | Dec 19, 2024
सेयर बजार २६०० विन्दुबाट ओर्लियो, नेप्से ३१.४३ अंकले घट्दा ४ अर्ब ७६ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक २६०० विन्दुबाट ओर्लिएको छ। बिहीबार ३१.४३ अंकले घटेपछि नेप्से २५९६.८२ विन्दुमा आइपुगेको छ।

Tata
GBIME

कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। ट्रेडिङको सूचक सर्वाधिक २.७३ प्रतिशतले घटेको छ। फाइनान्सका लगानीकर्ताले २.३१ प्रतिशतले गुमाएका छन्।

२११ कम्पनीको मूल्य घटेको छ। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ९.२१ प्रतिशतले गुमाएका छन्। २९ कम्पनीको सेयर मूल्य बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजारमा ४ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार हुँदा जानकी फाइनान्सको सर्वाधिक १७ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख, नेपाल फाइनान्सको १० करोड २२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।