एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत, १० वर्षको अवधि

बिजमाण्डू
२०८१ पुष २ गते १५:२२ | Dec 17, 2024
एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत, १० वर्षको अवधि


काठमाडौं । एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ।

Tata
GBIME
NLIC

एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजना स्वीकृति भएको हो।

बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १० वर्ष रहेको छ। कूल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये १ अर्ब २ करोड रुपैयाँ सार्वजनिक रुपमा बिक्रिका लागि बोर्डबाट स्वीकृत भएको हो।