‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि सिनेमा हलहरूमा प्रदर्शन नहुने, ‘चलचित्रलाई कर्नरिङ गरियो’

बिजमाण्डू
२०८१ मंसिर २२ गते १५:०५ | Dec 7, 2024
‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि सिनेमा हलहरूमा प्रदर्शन नहुने, ‘चलचित्रलाई कर्नरिङ गरियो’

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मंसिर २४ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा नआउने भएको छ। चलचित्रलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा आफूहरू पुगेको निर्माता कम्पनी सेभेन सिज सिनेमाले जनाएको छ।

Tata
GBIME

विशेष गरी पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र चलचित्रलाई केही सिनेमा घरहरुबाट नजरअन्दाज गरिएको भन्दै उक्त निर्णय गरिएको कम्पनीले बताएको छ।

‘२०८१ मंसिर २४ गते सोमबारदेखि देशभरका सिनेमा घरहरूमा पूर्ण बहादुरको सारङ्गी अब प्रदर्शनमा आउने छैन। यो परिस्थितिले दर्शकलाई पर्न सक्ने असुविधाका लागि हामी गहिरो क्षमायाचना व्यक्त गर्दछौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।