
काठमाडौं। नेपालमा आइएलटीएसको कोर्स गराउने उत्कृष्ट कम्पनीका १० जनालाई एक साता लण्डन घुमाइने भएको छ। ब्रिटिश काउन्सिलको सहकार्यमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालिद्वारा शुक्रबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा लण्डन भ्रमणको अवसर प्राप्त गर्नेहरुको नाम घोषणा गरिएको हो।
क्याम्ब्रिज युनिभर्सिटी र ब्रिटिश काउन्सिलको मुख्यालय अवलोकन भ्रमण गर्न अवसर पाउनेमा कम्पनीहरुका प्रबन्ध निर्देशक, प्रबन्धक र व्यवस्थापकहरु छन्।

भ्रमणको अवसर पाउनेमा राइटपाथ करिअर काउन्सेलिङका एमडी फिलिप डाँगी छेत्री, लेकहेड एजुकेसन प्रालिका एमडी विश्वराम नेपाल, मोतीफ एजुकेसन अब्रोडका एमडी उमेश पाण्डे, आइएलटिएस सेन्टरका निर्देशक सन्तोष बानियाँ, अल्टिमेट कन्सल्टेन्सी एण्ड एडभाइजरी नेटवर्कका एमडी निरन्जन पन्त छन्।

यसैगरि कपन इन्स्टिट्युट एण्ड एजुकेसन कन्सल्टेन्सी प्रालिका एमडी सुदीपराज पुरी, मेन्सफिल्ड इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीका एमडी सुनिल थापा, जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्ट्यान्टका एमडी राजन पन्थी, अर्बिट मेडिकल इन्ट्रान्स प्रालिका एमडी सुनिल रेग्मी र जनरल म्यानेजर एल्सन थापा छन्।
भ्रमण अवसर पाउनेहरुलाई समारोहमा बोर्डिङ पासको प्रतीक वितरण गरिएको थियो।


