नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सामसङले टिभी खरिदमा ३१ प्रतिशतसम्म छुट दिने

बिजमाण्डू
२०८१ मंसिर २१ गते १२:५१ | Dec 6, 2024
नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सामसङले टिभी खरिदमा ३१ प्रतिशतसम्म छुट दिने

काठमाडौं। सामसङले नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै आफ्ना टेलिभिजन सेटहरुमा ३१ प्रतिशतसम्म छुट दिने भएको छ।

Tata
GBIME
NLIC

घरमै क्रिकेट हेरिरहेका दर्शकका लागि ठूलो स्क्रिनमा मनोरञ्जन दिलाउने उद्देश्यले सामसङ नेपालले आकर्षक छुट अफर ल्याएको हो।

अफरमा सामसङका क्युएलइडी टिभी, क्रिस्टल युएचडी फोरके टिभी र एफएचडी टिभीको इमर्सिभ रेन्जका टेलिभिजन समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीले खरिदकर्ताहरूलाई १२ महिनाको अवधिलाई शून्य प्रतिशत ब्याजदरमा टिभीहरु सहजरुपमा मासिक किस्तामा सामसङको इन्स्टा-फाइनान्स सेवा दिनेछ। खरिदकर्ताहरुले नेपाली नागरिकताबाटै किस्ता सुविधा उपयोग गर्न सक्छन्।

एक्सचेन्ज पार्टनर अर्कोस्टोरसँग मिलेर सामसङले पुराना इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि ल्याएको छ। आगामी पुस १६ गतेसम्म मान्य हुने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारका डिलर नेटवर्कबाट देशभर पाउने कम्पनीले जनाएको छ।