नेप्सेमा एभरेष्ट बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति थपियो ?

बिजमाण्डू
२०८१ मंसिर १९ गते १८:२८ | Dec 4, 2024
नेप्सेमा एभरेष्ट बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति थपियो ?

काठमाडौं। नेप्सेमा चार कम्पनीको बोनस सेयर थपिएको छ। बुधबार एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर र सीइडीबी होल्डिङ्सको बोनस सेयर सूचीकृत भएको हो।

Tata
GBIME
NLIC

एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बोनस सेयर सूचीकृत भएसँगै बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कामना सेवा विकास बैंंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता सेयर थपिएको छ। योसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

अपि पावरको थप २८ लाख ९३ हजार २९८.९५ कित्ता सेयर सूचीकृत भएको छ। बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, सीइडीबीको १० लाख २४ हजार ९१९.६१ कित्ता सेयर नेप्सेमा थपिएको हो। कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर सूचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।