काठमाडौं। नवौँ संस्करणको आइसीटी अवार्ड-२०२४ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर आबद्ध भएको छ। एनसीएचएल र आइसीटी अवार्डबीच सहकार्यका लागि सम्झौता भएको हो।
उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुनेछ। कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ।
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्धनमा विगत १६ वर्षदेखि काम गर्दै आएको छ। अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट-अप तथा व्यक्तित्वहरूलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ। आइसीटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास एनसीएचएलले लिएको छ।