त्रिशारा रेष्टुरेन्ट १४औं वर्षमा, १४ वटा विङ्समार्फत ४०० जनालाई रोजगारी, रिसोर्टको योजना

बिजमाण्डू
२०८१ मंसिर १९ गते १४:५५ | Dec 4, 2024
त्रिशारा रेष्टुरेन्ट १४औं वर्षमा, १४ वटा विङ्समार्फत ४०० जनालाई रोजगारी, रिसोर्टको योजना

काठमाडौं। लाजिम्पाटस्थित त्रिशारा रेष्टुरेन्ट १४औं वर्षमा प्रवेश गरेको छ। रेष्टुरेन्टले यो अवधिमा १४ वटा विङ्स विस्तार गरेको छ। रेष्टुरेन्टमा ४०० जनाले रोजगारी पाइरेको सञ्चालक सोभन वीर मालाकारले बताए।

Tata
GBIME

त्रिशारा सन् २०१० को नोभेम्बरमा लाजिम्पाटमा खुलेको थियो। रेष्टुरेन्ट सुरु गर्दा ४० जनाले काम पाएका थिए। त्रिशाराले तीन वर्षपछि पोखरा र त्यसपछि दरबारमार्गमा तेस्रो आउटलेट विस्तार गरेको थियो।

त्रिशारा अन्तर्गत हाल ८ वटा बेकरी सप, एउटा सानजेन रामेन जापनिज रेष्टुरेन्ट, पेरोस पिजा र जेड सिटी होटल सञ्चालनमा छन्।

मालाकारले निकट भविष्यमा ककनीमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए। निर्माण सुरु गर्न बाँकी छ। ककनी जाने सडक स्तरोन्नतिपछि रिसोर्ट निर्माण गर्न थाल्ने मालाकारले बताए। त्रिशारामा मालाकारसँग रौनक शमशेर जबरा र अरुणकृष्ण श्रेष्ठले साझेदारी गर्दै आएका छन्।