काठमाडौं। आर्थिक शिथिलताबीच बीमा कम्पनीले व्यापार बढाएका छन्। चालु आर्थिक वर्ष चार महिनामा जीवन र निर्जीवन बीमा कम्पनीले प्रिमियम संकलन बढाएका हुन्।
नेेपाल बीमा प्राधिकरणका अनुसार कात्तिकसम्म तीन वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ५३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।
कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क पोहोर चार महिनाको तुलनामा औसतमा ८.६१ प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष चार महिनामा ४९ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
प्राधिकरणका अनुसार कम्पनीहरुले नयाँ व्यापार १५.३६ प्रतिशतले वृद्धि गरेका छन्। जीवन बीमा कम्पनीले गत वर्ष कात्तिकसम्म ८ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकामा यस वर्ष सोही अवधिमा ९ अर्ब ९५ करोड संकलन गरेका छन्।
यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबैको प्रिमियम बढेको छ।
चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीले संकलन गरेको प्रिमियम रु लाखमा
जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
नेपाल लाइफ | १५४०९५.७७ | १३४३७६.९४ | १४.६७ |
नेसनल लाइफ | ६४३७२.६० | ५२९३५.६२ | २१.६१ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | ६०५६७.१२ | ५५६५९.३६ | ८.८२ |
हिमालयन लाइफ | ५५८३०.४४ | ५३६५६.१६ | ४.०५ |
सूर्यज्योति | ३२५१३.५६ | २७६२१.४५ | १७.७१ |
एसियन लाइफ | २७४३५.३८ | २३६५१.७८ | १६ |
सिटिजन लाइफ | २१९६४.२० | १७८७०.२५ | २२.९१ |
सानिमा रिलायन्स | २०५९५.०५ | १८९५३.८७ | ८.६६ |
मेटलाइफ | १८७५१.५५ | १७१५४.१५ | ९.३१ |
राष्ट्रिय जीवन बीमा | १७७६५.६६ | ४२३०१.७९ | -५८ |
प्रभु महालक्ष्मी | १६२७९.८३ | १३७३७.५४ | १८.५१ |
रिलायबल नेपाल | १५५८८.३५ | १२१२६.८५ | २८.५४ |
आइएमई लाइफ | १५३५७.८६ | १३०३४.७० | १७.८२ |
सन नेपाल | १२८१५.०९ | ११२८२.३८ | १३.५८ |
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु वर्ष कात्तिकसम्म १४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
कम्पनीहरुले गत वर्षको तुलनामा प्रिमियम आर्जन १२.६४ प्रतिशतले बढाएका हुन्। पोहोर कात्तिकसम्म इन्स्योरेन्सले १२ अर्ब ७४ करोड प्रिमियम संकलन गरेका थिए।
युनाइटेड अजोड र प्रभु बाहेक १२ वटा इन्स्योरेन्सले व्यवसाय बढाका छन्। निर्जीवन बीमा कम्पनीले बीमा लेख ११.६३ प्रतिशतले वृद्धि गरेका छन्।
गत वर्ष कात्तिकसम्म ८ लाख ९४ हजा बीमा लेख जारी गरेका कम्पनीहरुले यस वर्ष सोही अवधिमा ९ लाख ९८ हजार बीमा लेख बिक्री गरेका छन्।
चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरेको प्रिमियम रु लाखमा
निर्जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
सगरमाथा लुम्बिनी | १७७६७.९३ | १६०५३.६६ | १०.६८ |
सिद्धार्थ प्रिमियर | १४६२६.७३ | १३३३८.२५ | ९.६६ |
शिखर | १४१०३.०१ | १२७३५.८७ | १०.७३ |
नेको | ११५२७.४५ | १०५९४.५४ | ८.८१ |
हिमालयन एभरेष्ट | ११४९८.७३ | ११३३६.११ | १.४३ |
आइजीआई प्रुडेन्सियल | ११३४९.१६ | १०९३७.७४ | ३.७६ |
एनएलजी | ९४१९.४५ | ८३६२.४३ | १२.६४ |
ओरियन्टल | ९२८६.७२ | ५८९९.०० | ५७.४३ |
युनाइटेड अजोड | ८४०१.८४ | ८६८३.०० | -३.२४ |
नेपाल इन्स्योरेन्स | ७८६८.७६ | ४९६१.९७ | ५८.५८ |
सानिमा जीआईसी | ७७९३.३८ | ७१६७.७९ | ८.७३ |
प्रभु | ६२७५.३१ | ७०६१.०० | -११.१३ |
राष्ट्रिय बीमा | ६१४९.९१ | ५८५५.२८ | ५.०३ |
नेसनल इन्स्योरेन्स | ४९०३.९३ | ४३१७.४८ | १३.५८ |