
काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोले पुगेको क्षतिमा इन्स्योरेन्स कम्पनीमा १२ अर्ब ३६ करोड रुपैयाँको दाबी परेको छ। तर, कम्पनीहरुले दाबीको ६.४३ प्रतिशत मात्रै अर्थात ७८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार बुधबारसम्म इन्स्योरेन्समा ३ हजार ३२९ दाबी परेकामा कम्पनीहरुले १ हजार २१५ दाबीमा भुक्तानी गरेका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक २ अर्ब ५९ करोड रुपैयाँ दाबी परेको छ। कम्पनीले अहिलेसम्म १३ करोड ६७ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।
ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ५३ करोड रुपैयाँ दाबी परेकामा जम्मा २ करोड रुपैयाँ भुक्तानी गरेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बीमाको सर्वाधिक ९ अर्ब १ करोड रुपैयाँको दाबी आएकामा ५८ करोड ५३ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २ अर्ब ५८ करोड रुपैयाँ दाबी परेकामा ४ करोड २७ लाख रुपैयाँ भुक्तानी भएको छ।
