थाइ एयरवेजको जहाज प्राविधिक समस्याले ग्राउण्डेड, २९६ यात्रु बैंकक जानबाट रोकिए

बिजमाण्डू
२०८१ कात्तिक २२ गते १६:४६ | Nov 7, 2024
थाइ एयरवेजको जहाज प्राविधिक समस्याले ग्राउण्डेड, २९६ यात्रु बैंकक जानबाट रोकिए

काठमाडौं। थाइ एयरवेजको बैंककका लागि उड्नुपर्ने जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ।

Tata
GBIME
NLIC

जहाज बिहिबार अपराह्‍न १२:४० मा उड्ने तालिका रहेकामा प्राविधिक समस्याका कारण ग्राउण्डेड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।

‘जहाजमा टेक्निकल समस्या देखिएपछि थाइ एयरवेजको जहाज ग्राउण्डेड गरिएको हो। कम्पनीले जहाज मर्मतका लागि बैंककबाट प्राविधिक मगाएको छ,’ उनले भने।

जहाज ग्राउण्डेड भएपछि २९६ यात्रु बैंकक जानबाट रोकिएका छन्। थाइ एयरवेजको जीएसए सोसाइटी इन्टरनेसनलले यात्रुलाई होटलमा राख्ने व्यवस्था मिलाइएको बताएको छ।