काठमाडौं। सुदूरपश्चिम प्रदेशले विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।
यसअघि २०२२ मा टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्विनीलाई नै पराजित गरि उपाधि जितेको थियो। उपाधि जितेको सुदूरपश्चिमले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्विनीले १ लाख तथा ट्रफी हात पारेको छ।
टस जितेर ब्याटिङ गरेको गरेको सुदूरपश्चिमले ले निर्धारित ५० ओभरको खेलमा ३७ दहमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो। सुदूरपश्चिमका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए। लुम्विनीका सन्तोष यादवले ५ विकेट लिए। उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए। त्येस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए।
१ सय २८ रनको लक्ष्य पाएको लुम्विनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो। लुम्विनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए। सुदूरपश्चिमका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्विनीका सन्तोष यादव बने। यादव उत्कृष्ट बलर समेत भए। उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए। उत्कृष्ट खेलाडिले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे। प्लेयर अफ द म्याच सुदूरपश्चिमका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे।