वसन्तपुरमा फूलको व्यापार, म्ह:पूजा र भाइटीका लागि मखमली र सयपत्री बिक्री हुँदै

रोजन श्रेष्ठ
२०८१ कात्तिक १६ गते १७:०४ | Nov 1, 2024
वसन्तपुरमा फूलको व्यापार, म्ह:पूजा र भाइटीका लागि मखमली र सयपत्री बिक्री हुँदै

काठमाडौं । अहिले देशभर तिहारको माहोल छ। झिलिमिलि बत्तीले काठमाडौं उपत्यका सजिएको छ। यसबीच म्ह:पूजा र भाइटीकाका लागि किनमेल गर्नेको भिड बढेको छ।

Tata
GBIME

आज यमपञ्चकको कुनै चाड नभएकोले पनि किनमेल गर्नेको संख्या बढेको हो।

वसन्तपुरमा मखमली, सत्रपत्री लगायत फूल किन्नेको घुँइचो लागेको छ। म्ह:पूजाका लागि सयपत्री र भाइटीकाका लागि सयपत्रीसँगै मखमली फूलको माग बढी हुन्छ।