एससीटी र एनसीएचएलबीच समझदारी, नेपाल पे कार्ड जारी र एक्वायर गर्न पूर्वाधार तयार गर्ने

बिजमाण्डू
२०८१ कात्तिक १४ गते १५:४५ | Oct 30, 2024
एससीटी र एनसीएचएलबीच समझदारी, नेपाल पे कार्ड जारी र एक्वायर गर्न पूर्वाधार तयार गर्ने

काठमाडौं। स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच नेपाल पे कार्ड जारी गर्न र एक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ।

Tata
GBIME
NLIC

समझदारीपत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएले नेसनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपाल पे’ र एनपीएस नेसनल कार्ड स्वीच कार्यान्वयनका लागि आवश्यक तयारी यसअघि नै अगाडि बढाइसकेको छ।

एससीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात् एनपीएस एनसीएसको प्राविधिक सदस्यतालाई नेपाल पे कार्ड जारी र एक्वायर गर्न सक्नेछ। सञ्चालनमा आएपश्चात् नेपाल पे कार्डको राउटिङ, स्विचिङ र सेटलमेन्ट एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमार्फत हुनेछ।