राष्ट्रिय जीवन बीमा कम्पनीमा सीइओका लागि दरखास्त खुला, के चाहिन्छ योग्यता?

बिजमाण्डू
२०८१ असोज १६ गते ०९:३३ | Oct 2, 2024
राष्ट्रिय जीवन बीमा कम्पनीमा सीइओका लागि दरखास्त खुला, के चाहिन्छ योग्यता?

काठमाडौं। सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME

दरखास्त दिन चाहनेले बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। साथमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्र भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभवी हुनुपर्ने मागिएको छ।

अन्यथा चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा कम्तीमा १० वर्ष, बैंक वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनभवी हुनु पर्ने कार्यविधिमा छ।

दरखास्त दिनेले ५ हजार शब्दमा नबढ्नेगरि कम्पनीका लागि व्यवसायिक कार्ययोजना पनि पेस गर्नुपर्छ। छनोटका लागि उम्मेदवारको मूल्यांकन अंकभार पहिलो चरणमा शैक्षिक योग्यतामा १०, अनुभवमा १५, व्यवसायिक कार्ययोजनामा ३० अंक छ। दोस्रो चरणमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणलाई २० र अन्तर्वार्तालाई २५ अंक राखिएको छ। दरखास्त दिन २१ दिनको म्याद छ।