दसैंमा घर जाने चटारो, अनलाइनबाट टिकट लिन पाइने भएपनि झरीमा छाता ओढेर लाइनमा

बिजमाण्डू
२०८१ असोज १२ गते १०:४७ | Sep 28, 2024
दसैंमा घर जाने चटारो, अनलाइनबाट टिकट लिन पाइने भएपनि झरीमा छाता ओढेर लाइनमा


काठमाडौं । दसैं आउन अब केही दिनमात्र बाँकी छ। दसैंका लागि लक्षित गरि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

Tata
GBIME
NLIC

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै आज बिहानदेखि नयाँ बसपार्कमा टिकट लिनेको भिड छ। देशभर अविरल वर्षाका कारण जनजीवन प्रभावित हुँना मानिसहरु छाता ओढेरटिकट काट्न लाइनमा बसेका छन्।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन्। अनलाइनबाट टिकट नपाइने भयमा धेरैजना अझै पनि लाइन नै बस्ने गरेका छन्।