कतै बाढी कतै पहिरो : भारी वर्षा पछि सयौं घर डुबानमा, हजारौं मानिस प्रभावित (तस्विरहरु)

बिजमाण्डू
२०८१ असोज १२ गते ०९:४२ | Sep 28, 2024
कतै बाढी कतै पहिरो : भारी वर्षा पछि सयौं घर डुबानमा, हजारौं मानिस प्रभावित (तस्विरहरु)
लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका २ मा रहेको बस्तीमा पसेपछि घरमा पालिएको कुकुरलाई सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिरः कृष्ण आचार्य / रासस


काठमाडौं । अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोका कारण सयौं मानिस विस्थापित भएका छन्।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका भित्रका धेरै स्थान डुबानमा पर्दा मोफसलतिरको अवस्था पनि उस्तै छ। राजमार्गहरु बन्द हुँदा सयौं मानिस बीच बाटोमा फसेका छन्।

अविलर वर्षा र पहिरोका कारण राहत र उद्धारमा पनि कठिनाइ भइरहेको छ।

काठमाडौं बाहिर बाढी पहिरोका कारण परेको प्रभावको दृश्य :

गोरुसिंगे-सन्धिखर्क सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडामा पहिरोले अवरुद्ध भएको सडक । तस्बिरः प्रेमनारायण आचार्य / रासस
लगातारको वर्षाका कारण गयराति माईखोलामा आएको बाढीले क्षतिग्रस्त इलाम नगरपालिका-१० राजदुवालीस्थित इलाम-दानाबारी सडक । बाढीका कारण सो सडक अवरुद्ध भएको छ । तस्बिर : रामकुमार लिम्बू / रासस
धादिङको नीलकण्ठ नगरपालिका-८ मा पहिरोले अवरुद्ध बनेको धादिङबेसी-मलेखु सडकखण्ड । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य सडक पहिरोले दुइतर्फी अवरुद्ध बनेको छ । तस्बिर : शंकर श्रेष्ठ / रासस
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दमौली नजिक निरन्तर परेको पानीका कारण शनिबार बिहान भासिएको सडक । यस ठाउँमा ‘डाइभर्सन ‘निर्माणका लागि सडक खनिएका कारण सडक भासिएको हो । तस्बिर ः कृष्ण न्यौपाने / रासस
नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस
लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका-२ मा रहेको बस्तीमा पसेपछि घरका सामान काठको डुङ्गामा राखेर सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिरः कृष्ण आचार्य / रासस