९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा, दृश्यावलोकन गर्नेको भीड (तस्बिर)

रोजन श्रेष्ठ
२०८१ असोज ३ गते २२:१२ | Sep 19, 2024
९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा, दृश्यावलोकन गर्नेको भीड (तस्बिर)

काठमाडौं। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेका धरहरा पुनर्निर्माण सकिएसँगै सर्वसाधारणका लागि खुला गरिएको छ। मन्त्रिपरिषद्को निर्णय बमोजिम संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो। 

Tata
GBIME

भूकम्पको ९ वर्षपछि पुनः सर्वसाधारण धरहरा चढेका छन्। सुरुवातमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। 

धरहरा चढ्नका लागि अनलाइन बुकिङको व्यवस्था समेत खुला गरिएको छ। अनलाइन बुकिङबाट प्राप्त हुने कोडका आधारमा अवलोकन गर्न दिइने छ।