
काठमाडौं । यँया: (इन्द्रजात्रा) को दोस्रो दिन आज जीवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज ‘क्व:नेया’ (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो।
दिउँसो साढे ३ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठक पुगेका थिए।

त्यसक्रममा मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी नाच पनि प्रस्तुत गरिएको थियो।



आज रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ।






भोलि आश्विन २ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ५ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।


