रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड, यस्ता छन् विशेषता

बिजमाण्डू
२०८१ भदौ २४ गते २२:२२ | Sep 9, 2024
रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड, यस्ता छन् विशेषता


काठमाडौं। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० को टेस्ट राइड गरेको छ। भदौ २१ देखि २३ गतेसम्म टेस्ट राइड सञ्चालन गरिएको थियो।

Tata
GBIME
NLIC

हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकमा राइड गरिएको हो।

कम्पनीले अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसी शेर्पा इन्जिन लन्च गरेको थियो। हिमालयन ४५० को प्रारम्भिक मूल्य  ९ लाख ८९ हजार ५०० रहेको छ। टप भेरियन्टको १० लाख ३९ हजार ५०० रहेको छ ।

मोटरसाइकलमा ४५२ सिसी इन्जिन र आधुनिक एबीएस प्रणाली रहेको छ। हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड पाएको थियो।

मोटरसाइकलमा डिजिटल –एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्।