काठमाडौं। सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। आइतबार २५.४६ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार ५५.८६ अंकले घटेको छ। नेप्से २६४६.०३ अंकमा झरेको छ।
नेप्से गत साता बुधबार ९०.७२ र बिहीबार १२.१० अंकले घटेको थियो।
सोमबार कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। ३२७ कम्पनीको सेयर किनबेच हुँदा २२२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७.७८ प्रतिशतले घटेको छ।
२२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य सर्वाधिक ८.८९ प्रतिशतले बढेको छ।
बजारमा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच हुँदा सीइडीबी हाइड्रोपावरको सर्वाधिक ३७ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सको २७ करोड ९४ लाख र हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।