निर्देशक भामको निम्तो मान्न नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

बिजमाण्डू
२०८१ भदौ २२ गते १६:११ | Sep 7, 2024
निर्देशक भामको निम्तो मान्न नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

काठमाडौं। बलिउडका कलाकार नवाजुद्दिन सिद्दिकी शनिबार काठमाडौं आएका छन्। मीन भामको फिल्म ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी मुम्बईबाट नेपाल आएका हुन्।

Tata
GBIME

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक भामसँगै उनको टोलीले स्वागत गरेको छ। दुई दशकदेखि बलिउडमा सक्रिय सिद्दिकी फरक फरक चरित्रका पात्रको अभिनयका कारण लोकप्रिय कलाकारमा पर्छन्।

आफ्नो फिल्मको प्रिमियरमा सिद्दिकीसँगै निर्देशक अनुराग कश्यपलाई पनि निम्त्याएको केही दिनअघि भामले सार्वजनिक गरेका थिए।