नेपाल एसबिआई बैंकका सीइओ देको कार्यकाल लम्बियो, थपियो ६ महिना

बिजमाण्डू
२०८१ भदौ २० गते ११:५६ | Sep 5, 2024
नेपाल एसबिआई बैंकका सीइओ देको कार्यकाल लम्बियो, थपियो ६ महिना

काठमाडौं। नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको कार्यकाल थपिएको छ। बैंक सञ्चालक समितिले उक्त पदका लागि नयाँ उम्मेदवार चयन नगरुन्जेल सीइओमा उनलाई नै कार्यकाल थपिदिने नीति लिएको छ।

Tata
GBIME

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई सीइओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

उनको ४ वर्षे कार्यकाल यही भदौ ३१ गते पूरा हुँदैछ। समितिले असोज १ गतेदेखि लागू हुने गरी आगामी ६ महिनाका लागि कार्यकाल थप गरिदिएको हो।