बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिने नेपाल लाइफको चेतनामूलक भिडियो सार्वजनिक

बिजमाण्डू
२०८१ भदौ १० गते ०८:१३ | Aug 26, 2024
बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिने नेपाल लाइफको चेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ।

Tata
GBIME

बीमितहरूले आफूले लिएका बीमालेखहरूको निरन्तरताका लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ उक्त भिडियो सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

‘कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि यो भिडियो बनाएको हो,’ नेपाल लाइफ इन्स्योरेन्सले एक विज्ञप्तिमा भनेको छ।

भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल-ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ। मुख्य पात्रको भूमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको छ।

काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न समेत विशेष आग्रह गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको बताए।

उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे। उनले आगामी दिनमा पनि कम्पनीले बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्‍न चेतनामूलक कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।