नेसनल लाइफ इन्स्योरेन्सले मर्चेन्ट बैंकिङमा हात हाल्दै, लगानी कम्पनी पनि खोल्ने

बिजमाण्डू
२०८१ भदौ ९ गते ११:५७ | Aug 25, 2024
नेसनल लाइफ इन्स्योरेन्सले मर्चेन्ट बैंकिङमा हात हाल्दै, लगानी कम्पनी पनि खोल्ने

काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारण सभाले १४ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि १० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो।

Tata
GBIME

अब कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ। साधारण सभामा कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेसनल क्यापिटल नामक सहायक कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ।

यो आर्थिक वर्ष सहायक कम्पनीका रुपमा लगानी कम्पनी खोल्न प्रयास गर्ने कम्पनीले जनाएको छ। यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र कम्पनीको प्रवर्धन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।