प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा, घटाइयो हकप्रद सेयर

बिजमाण्डू
२०८१ भदौ ९ गते ११:०६ | Aug 25, 2024
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा,  घटाइयो हकप्रद सेयर

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको हो।

इन्स्योरेन्सको सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले लाभांशको निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश वाउनेछन्।

सञ्चालक समितिले छैटौं वार्षिक साधारण सभाबाट अनुमोदन गराएको हकप्रद सेयरको दर पनि घटाएको छ। इन्स्योरेन्सले यसअघि १७ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरी नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेकामा सञ्चालक समितिले अब ७ प्रतिशत मात्र हकप्रद जारी गर्ने निर्णय गरेको हो।

२०७९/८० को मुनाफाबाट बोनसे सेयर वितरणपछि बोर्डले तोकेको चुक्ता पुँजी पुर्‍याउन ७ प्रतिशत हकप्रद भए पुग्ने भन्दै सञ्चालक समितिले पहिलेको निर्णयमा हेरफेर गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब २९ करोड रुपैयाँ छ। १० प्रतिशत बोनस सेयर वितरणपछि ४ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ।