शिखर इन्स्योरेन्सले कमायो ५१ करोड ३० लाख खुद नाफा, १२६.८७ प्रतिशतले वृद्धि



बिजमाण्डू
२०८१ साउन ३० गते १०:४२ | Aug 14, 2024
शिखर इन्स्योरेन्सले कमायो ५१ करोड ३० लाख  खुद नाफा, १२६.८७ प्रतिशतले वृद्धि

काठमाडौं। शिखर इन्स्योरेन्सले खुद नाफा १२६.८७ प्रतिशतले बढाएको छ। कम्पनीले गत आर्थिक वर्ष ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा २२ करोड ६१ लाख रुपैयाँमा सीमित थियो।

Tata
GBIME
Zonsen

आम्दानी वृद्धि गरेको कम्पनीले खर्च घटाएपछि खुद नाफा शतप्रतिशत् भन्दा धेरै बढेको हो। इन्स्योरेन्सको प्रति सेयर आम्दानी १०.८१ रुपैयाँ बढेर १९.३२ रुपैयाँ पुगेको छ। इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २०४.५९ रुपैयाँ छ।

इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जन १३.३२ र कुल आम्दानी ४.०६ प्रतिशतले बढाएको छ। उसले गत वर्ष १ अर्ब ५६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ र कुल खर्च ४.७४ प्रतिशत घटेको छ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडामा १ अर्ब ७१ करोड, महाविपत्ति कोषमा १४ करोड १२ लाख, रिटेन्ड अर्निङमा ३१ करोड ५१ लाख र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ छ।