नेको इन्स्योरेन्सले कमायो ६८ करोड ५७ लाख, प्रति सेयर आम्दानी ३४.०७ रुपैयाँ

बिजमाण्डू
२०८१ साउन ३० गते १०:१९ | Aug 14, 2024
नेको इन्स्योरेन्सले कमायो ६८ करोड ५७ लाख, प्रति सेयर आम्दानी ३४.०७ रुपैयाँ

काठमाडौं। नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २.७४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Tata
GBIME

नाफासँगै इन्स्योरेन्सको प्रति सेयर आम्दानी पनि घटेको छ। इन्स्योरेन्सको प्रति सेयर आम्दानी ९६ पैसा घटेर ३४.०७ रुपैयाँ कायम भएको हो। इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २७२.८१ रुपैयाँ छ।

इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ७.३३ र कुल आम्दानी ३.९० प्रतिशत घटेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.३२ र कुल खर्च ५.५३ प्रतिशत घटेको छ।

२ अर्ब १ करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडा कोषमा २ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५५ लाख, रिटेन्ड अर्निङमा ५६ करोड ७८ लाख र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ छ।