हिलाम्य दशरथ रंगशालामा चर्च बोइज भुटानी च्याम्पियन पारोसँग पराजित



बिजमाण्डू
२०८१ साउन २९ गते २०:०५ | Aug 13, 2024
हिलाम्य दशरथ रंगशालामा चर्च बोइज भुटानी च्याम्पियन पारोसँग पराजित
चर्च बोइजमाथि जितपछि पारो एफसीको सेलिब्रेसन।

काठमाडौं। चर्च बोइज युनाइटेड युनाइटेड पारो एफसी पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एएफसी च्यालेन्ज कपको प्लेअफकोखेलमा नेपाली च्याम्पियन चर्च बोइज युनाइटेड र भुटानी च्याम्पियन पारो एफसीसँग पराजित भएको छ।

Tata
GBIME
Zonsen

अनन्त तामाङको कप्तानीमा उत्रिएको नेपाली टोली भुटानी टोलीसँग २-१ गोलअन्तरले पराजित भएको हो।

वर्षाका कारण हिलाम्य बनेको दशरथ रंगशालामा चर्च बोइजका लागि लागि लाकेन लिम्बूले ३८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।  

तर, चर्च बोइजको अग्रता लामो समय भने टिक्न सकेन। गोल खाएको दुई मिनेट नबित्दै गोलकिपर अघि बढेको अवसरलाई सदुपयोग गर्दै भुटानी स्ट्राइकर किंगा वाङचुकले गोल फर्काए।

पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो।

चर्च बोइजका लागि गोल गरेपछि लाकेन लिम्बू।

दोस्रो हाफमा पारोले अर्को गोल थप्न सफल भयो। दोस्रो गोल नेपाली फुटबलसँग परिचित विलियम ओपोकुले गोल गरे। उनले खेलको ६७ औँ मिनेटमा गोल गरे।

खेलको अन्तिम समयसम्म चर्च बोइजले दवाब बढाए पनि गोल भने थप्न असफल रह्यो। र, नतिजा आफ्नो पक्षमा ल्याउँदै पारोले एएफसी च्यालेन्ज कपको समूह चरणमा स्थान पक्का गरेको छ। समूह चरणमा स्थान बनाएसँगै पारोले १ लाख अमेरिकी डलर एसियन फुटबल कन्फिडरेसन (एएफसी)बाट प्राप्त गर्नेछ।

आजको खेल दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएपछिको पहिलो खेल हो। पिचको दुरावस्था, शुरक्षा, फर्डलाइट लगायत कारण देखाउँदै एसियन फुटबल फेडेरेसन एएफसीले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेको थियो। तर, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघको पहलमा रंगशालाको मान्यता केही दिनअघि फिर्ता भएको थियो। तर, आजको खेलमा वर्षाले पनि बाधा गर्दा मैदानको अवस्था कमजोर देखिएको छ।