काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.६६ प्रतिशतले वृद्धि गरेको हो। २०७९/८० मा एचआईडीसीएलले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको हो। ग्राहकसँगको कन्ट्याक्टबाट हुने आम्दानी १ करोडबाट बढेर करिब ५ करोड पुगेको छ।
कम्पनीको प्रति सेयर आम्दानी ६.३५ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११३.९५ रुपैयाँ छ। २२ अर्ब ८७ करोड ३९ लाख ८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एचआईडीसीएलको जगेडा कोषमा ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ छ।