काठमाडौं। सानिमा बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकटमा ८ प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बुद्ध एयरसँग सम्झौता गरेको छ।
आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गर्नका लागि प्रोत्साहित गर्न हवाई टिकटमा ८ प्रतिशत छुटको व्यवस्था मिलाएको बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
छुट पाउनका लागि सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्नुपर्नेछ। बुद्ध एयरको सिटी सेल्स अफिस वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नेले मात्र छुट पाउनेछन्।