नेपाल रिइन्स्योरेन्सको नाफा १३.४८ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी ४.०३ रुपैयाँ



बिजमाण्डू
२०८१ साउन २८ गते १२:०३ | Aug 12, 2024
नेपाल रिइन्स्योरेन्सको नाफा १३.४८ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी ४.०३ रुपैयाँ

काठमाडौं। नेपाल रिइन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Zonsen

कम्पनीले गत वर्ष कमाएको खुद नाफा अघिल्लो वर्षभन्दा १३.४८ प्रतिशतले कम हो। २०७९/८० मा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको व्यापार घट्दा खुद नाफामा असर परेको हो। अघिल्लो वर्ष ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकामा पोहोर ८.५७ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको लगानीबाट हुने आम्दानी ९.१३ प्रतिशतले घटेको छ। कर्जा तथा लगानीबाट अघिल्लो वर्ष १ अर्ब २८ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकामा गत वर्ष १ अर्ब ४१ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।

हाल नेपाल रिको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दनी ४.०३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४७.४५ रुपैयाँ छ।