इन्जिनियर मल्लिक क्यानको उड्डयन सुरक्षा प्रमुख नियुक्त, उड्डयन क्षेत्रमा अढाइ दशकको अनुभव

बिजमाण्डू
२०८१ साउन २७ गते १३:२१ | Aug 11, 2024
इन्जिनियर मल्लिक क्यानको उड्डयन सुरक्षा प्रमुख नियुक्त, उड्डयन क्षेत्रमा अढाइ दशकको अनुभव


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा प्रमुखमा प्रभाकर चन्द्र मल्लिकलाई नियुक्त गरेको छ। अढाइ दशकदेखि उड्डयन क्षेत्रमा आबद्ध उनलाई प्राधिकरणले गत शुक्रबार उड्डयन सुरक्षा प्रमुखमा नियुक्त गरेको हो।

Tata
GBIME
NLIC

‘उहाँ लामो समयदेखि उड्डयन सुरक्षामै सक्रिय हुँदै आउनुभएको छ। प्राधिकरणको उड्डयन सुरक्षा विभागमा उहाँको सक्रियता राम्रो रहँदै आएको छ,’ प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने।

विसं. २०६४ देखि प्राधिकरणमा सातौं तहदेखि आफ्नो सेवा सुरु गरेका मल्लिकले यसअघि कस्मिक एयर, सीता, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रुपमा काम गरिसकेका छन्।

उनी एयरबस ३२०, ३३० लगायत विभिन्न जहाजका सर्टिफाइड एरोनोटिकल इन्जिनियर हुन्।