सेयर मूल्य जथाभावी बढाइएका फाइनान्सले लगानीकर्तालाई पारे निराश, ८ वटाले लाभांश दिनै नसक्ने



सुनिल कुँवर
२०८१ साउन २१ गते १८:५६ | Aug 5, 2024
सेयर मूल्य जथाभावी बढाइएका फाइनान्सले लगानीकर्तालाई पारे निराश, ८ वटाले लाभांश दिनै नसक्ने

काठमाडौं। फाइनान्स कम्पनीको वित्तीय विवरण सेयर लगानीकर्तालाई झस्काउने खालको आएको छ। एक महिनायता फाइनान्स कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढेकामा वित्तीय विवरण भने त्यसविपरीतको आएको छ।

Tata
GBIME
Zonsen

सूचीकृत १५ मध्ये १३ वटा फाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेकामा ८ वटाको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ मा कुल ५८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेपनि ८ वटाले लाभांश वितरण गर्न नपाउने विवरण सार्वजनिक भएको हो।

१३ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

गत वर्ष ३ वटा फाइनान्स घाटामा गएका छन्। पोखरा फाइनान्स १० करोड ६४ लाख, सेन्ट्रल फाइनान्स ६ करोड ३८ लाख र प्रोग्रेसिभ फाइनान्स ३ करोड ८० लाख रुपैयाँले घाटामा गएका हुन्। अघिल्लो वर्ष ४ वटा फाइनान्स घाटामा गएका थिए।

सेयर मूल्य अनुसार प्रति सेयर आम्दानी र नेटवर्थ पनि निकै कमजोर देखिएको छ। लगानीकर्ताहरुले प्रति कित्ता २ हजार रुपैयाँसम्म लगानी गरेको नेपाल फाइनान्सको प्रति सेयर आम्दानी २.४८ रुपैयाँ मात्र देखिएको छ।

वित्तीय विवरण निकै कमजोर खालको सार्वजनिक भएपछि यो फाइनान्सको सेयर मूल्यमा सोमबार नेगेटिभ सर्किट लागेको छ।

आव २०८०/८१ मा गोर्खाज, गुडविल, मल्टिप्रपोज, रिलायन्स र मञ्जुश्री फाइनान्सले खुद नाफा बढाएका छन्। तर गोर्खाज, गुडविल र रिलायन्सले लाभांश बाँड्न पाउने छैनन्। उनीहरुको वितरणयोग्य नाफा नै ऋणात्मक छ।

गत आर्थिक वर्ष फाइनान्स कम्पनीले आर्जन गरेको खुद नाफा

कम्पनी२०८०/८१ (रु हजारमा)२०७९/८० (रु हजारमा)फरक (प्रतिशतमा)
नेपाल फाइनान्स१८११८२०१३४-१०
गोर्खाज फाइनान्स१०८९३८-२३५९
बेस्ट फाइनान्स४७७८६२७-९४
गुडविल फाइनान्स१४८४२९-९२३२८
पोखरा फाइनान्स-१०६४५९२३८५८-५४६
श्रीइन्भेष्टमेन्ट फाइनान्स६६८४२७५०१४-११
सेन्ट्रल फाइनान्स-६३८८०४११८२-२५५
गुहेश्वरी फाइनान्स१५४८९६४८२४-७६
आइसीएफसी फाइनान्स११८६४८१५४५८१-२३
प्रोग्रेसिभ फाइनान्स-३८०७६-२९०२२९
मल्टिप्रपोज फाइनान्स२०३४३८६१६१३६
मञ्जुश्री फाइनान्स२६५८२०२४६९९९
रिलायन्स फाइनान्स२८९२१-१८२६१२
कुल५८३६१०७६३०७६६५

फाइनान्स कम्पनीको खराब कर्जा औसतमा ०.३२ प्रतिशतले बढेर ६.३३ प्रतिशत पुगेको छ। कम्पनीहरुले अघिल्लो वर्षभन्दा खराब कर्जा घटाए पनि ७ कम्पनीको ५ प्रतिशतभन्दा बढी छ।

गोर्खाज फाइनान्सको सर्वाधिक १२.४९ प्रतिशत खराब कर्जा छ। कम्पनीको खराब कर्जा अघिल्लो वर्ष औसतमा १९.२५ प्रतिशत थियो। मञ्जुश्री फाइनान्सको खराब कर्जा सबैभन्दा न्यून २.९७ प्रतिशत छ।

वितरणयोग्य नाफा ऋणात्मक हुने कम्पनीको सूचीमा नेपाल, बेस्ट, पोखरा, सेन्ट्रल र प्रोग्रेसिभ फाइनान्स पनि छन्। वितरणयोग्य नाफा ऋणात्मक भएका कम्पनीले सेयरधनीलाई लाभांश बाँड्न सक्दैनन्।

कम्पनीवितरणयोग्य नाफा रुपैयाँप्रति सेयर आम्दानी रुपैयाँप्रति सेयर नेटवर्थ
नेपाल फाइनान्स-२०८२२९२.४८१३७.५२
गोर्खाज फाइनान्स-५०७४५६१२.५५१६०.७२
बेस्ट फाइनान्स-२५५७७८०.०६१३७.२९
गुडविल फाइनान्स-२९४३८५१५.६९१८७.७२
पोखरा फाइनान्स-४६८८३२-९.८३१२३.५
श्रीइन्भेष्टमेन्ट फाइनान्स२३८२६६.८११३६.६५
सेन्ट्रल फाइनान्स-११६६६८-६.७३१२५.६७
गुहेश्वरी फाइनान्स२८८७२१.५३१४१.५६
आइसीएफसी फाइनान्स४७२७३१०.०३१६०.६२
प्रोग्रेसिभ फाइनान्स-६१६९३६-४.४९४५.३३
मल्टिप्रपोज फाइनान्स५.०६११४.५
मञ्जुश्री फाइनान्स१०७६१८१९.६७१६७.०२
रिलायन्स फाइनान्स-३०८०९८२.५८१०२.८३

सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएका फाइनान्स कम्पनीमध्ये चार वटाको मात्र प्रति सेयर आम्दानी दोहोरो अंकमा छ।

तीन कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक छ। प्रति सेयर नेटवर्थ लगायत अन्य वित्तीय सूचक पनि नाजुक छन्। वितरणयोग्य नाफा ऋणात्मक र प्रति सेयर आम्दानी २.५८ रुपैयाँ मात्र भएको विवरण सार्वजनिक हुँदा पनि रिद्यायन्स फाइनान्सको सेयर मूल्य सोमबार ४.२१ प्रतिशतले बढाएर प्रति कित्ता ५९४ रुपैयाँ पुर्‍याइएको छ।

अर्थतन्त्रमा देखिएको संकुचनका कारण पोहोर बैंक तथा वित्तीय संस्थाले व्यवसाय विस्तार गर्न सकेनन्। नयाँ व्यापार विस्तारमा लागेको ब्रेक र लगानी गरेको रकम रिकभर हुन नसक्दा बैंक तथा वित्तीय संस्थाकै ब्यालेन्ससिटमा असर देखिएको छ।

व्यवसाय विस्तारमा आएको संकुचनका कारण पोहोर आधा वाणिज्य बैंककै नाफामा गिरावट आएको छ।

फाइनान्स कम्पनीको खराब कर्जा

कम्पनी२०८०/८१२०७९/८०फरक %
नेपाल फाइनान्स९.१११२.१६-३.०५
गोर्खाज फाइनान्स१२.४९१९.२५-६.७६
बेस्ट फाइनान्स२.८४३.४८-०.६४
गुडविल फाइनान्स४.८९६.४३-१.५४
पोखरा फाइनान्स-९.७५५.३८४.३७
श्रीइन्भेष्टमेन्ट फाइनान्स२.८६१.०५१.८१
सेन्ट्रल फाइनान्स८.७७४.७७
गुहेश्वरी फाइनान्स६.५३३.१२३.४१
आइसीएफसी फाइनान्स४.१५१.९९२.१६
प्रोग्रेसिभ फाइनान्स६.६७९.९८-३.३१
मल्टिप्रपोज फाइनान्स४.६०.८९३.७१
मञ्जुश्री फाइनान्स२.९७३.२६-०.२९
रिलायन्स फाइनान्स६.६३६.३६०.२७