वित्तीय अवस्था खराब, सेयर मूल्यमा पोजेटिभ सर्किट : यी कम्पनीमा फस्दै लगानीकर्ता

बिजमाण्डू
२०८१ साउन १६ गते १३:५७ | Jul 31, 2024
वित्तीय अवस्था खराब, सेयर मूल्यमा पोजेटिभ सर्किट : यी कम्पनीमा फस्दै लगानीकर्ता


काठमाडौं। सत्ता समीकरण फेरिएपछि बढ्न थालेको सेयर बजार एक महिनामा ७०० अंकले उकालो लागेको छ। असार १७ गते २०५३ अंकमा रहेको नेप्से बुधबार साढे १ बजेसम्म २७९० विन्दुसम्म पुगेको छ। एक महिनामा लगानीकर्ताको सम्पत्ति १० खर्ब रुपैयाँले बढेको छ। बजार पुँजीकरण ३२ खर्ब रुपैयाँबाट ४२ खर्बभन्दा बढी पुगिसकेको छ।

Tata
GBIME
NLIC

निरन्तर उचाइ लिइरहेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। वित्तीय अवस्था मजबुत भएका कम्पनीको सेयर मूल्य बढ्नु स्वाभाविक हो। तर, खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य पनि अस्वाभाविक रुपमा बढिरहेको देखिन्छ।

खुद नाफा, प्रति सेयर नेटवर्थ, प्रति सेयर आम्दानी लगायत सूचक निकै कमजोर रहेका कम्पनीमा लगानी गर्दा लगानीकर्ताकै सम्पत्ति जोखिममा रहने सम्भावना उच्च हुन्छ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीको गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म प्रति सेयर आम्दानी ३.८९ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ ७७.६२ रुपैयाँ छ। तर, सर्किट लागेर कम्पनीको सेयर मूल्य भने बढेको बढ्यै छ।

हाथवेको सेयर मूल्य पछिल्लो एक वर्षमा प्रति कित्ता २७९ रुपैयाँसम्म झरेकामा खराब वित्तीय अवस्था हुँदाहुँदै अहिले १७३७ रुपैयाँ पुगेको छ। बुधबार कारोबार अवधिमा यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

पोखरा फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। तर, कम्पनीको वित्तीय विवरण निकै नाजुक देखिन्छ। गत वर्ष चैतसम्म कम्पनीको प्रति सेयर आम्दानी २१.२३ रुपैयाँ ऋणात्मक छ। तैपनि कम्पनीको सेयर भाउ ७०४ रुपैयाँ पुगेको छ।

रिलायन्स फाइनान्सको प्रति सेयर आम्दानी ५.२६ रुपैयाँ ऋणात्मक छ। तर, पछिल्लो समय यो फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागिरहेको छ।

सिंगटी हाइड्रो इनर्जीको सेयर भाउ पोजेटिभ सर्किट लागेर २३७ रुपैयाँ पुगेको छ। वित्तीय विवरण हेर्दा प्रति सेयर आम्दानी १.१ रुपैयाँ ऋणात्मक छ।

त्यस्तै, प्रति सेयर नेटवर्थ ८७ रुपैयाँमा सीमित रहेको र प्रति सेयर आम्दानी ऋणात्मक भएको नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य सर्किट लागेर ५१७ रुपैयाँ पुगेको छ।

वित्तीय विवरण खराब भएका तर सेयर मूल्य अस्वाभाविक रुपमा बढेका केही कम्पनी

  कम्पनीप्रति सेयर नेटवर्थ रुपैयाँमाप्रति सेयर आम्दानी रुपैयाँमासेयर मूल्य रुपैयाँमा
पोखरा फाइनान्स१६६.३६-२१.२३७०४
रिलायन्स फाइनान्स९८.३७-५.६२५७८
सिंगटी हाइड्रो इनर्जी१००-१.१२३७
नेपाल रिपब्लिक मिडिया८७.८१-०.५४५१७
हाथवे इन्भेष्टमेन्ट कम्पनी७७.६२ रुपैयाँ३.८९१७३७
गत वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण