आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउः कुनमा कति बढ्यो?

बिजमाण्डू
२०८१ असार ३१ गते २०:४९ | Jul 15, 2024
आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउः कुनमा कति बढ्यो?


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। सोमबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

Tata
GBIME
NLIC

निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६८ रुपैयाँ ५० पैसामा कारोबार हुने छ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १७० र १७१ रुपैयाँमा कारोबार हुने छ।

यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसामा कारोबार हुने छ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १५९ र १६० रुपैयाँमा कारोबार हुने छ।